मधेश प्रदेश सरकार

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय

कृषि विकास निर्देशनालय

बाली संरक्षण प्रयोगशाला

सिरहा

परिचय

परिचय (Introduction): नेपालमा संघियता कार्यान्वयनको सन्दर्भमा प्रत्येक प्रदेशमा एउटा एउटा बाली संरक्षण प्रयोगशाला स्थापना गर्ने सरकारको लक्ष्य अनुरुप प्रदेश सरकार, प्रदेश नं. २ को मन्त्रिपरिषद्को निर्णय बमोजिम सिरहा जिल्लाको साविक जिल्ला कृषि विकास कार्यालयको जग्गा सहित भौतिक पूर्वाधारहरु मिति २०७५/०७/०७ गतेका दिन यस प्रयोगशालाको नाममा हस्तान्तरण भई सोहि कम्पाउण्डमा यो प्रयोगशाला स्थापना भई विधिवत् रुपमा संचालन भईरहेको छ । बाली संरक्षण प्रयोगशालाले प्रदेश नं. २ अन्तर्गतका आठ वटै (सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा) जिल्लाहरुमा कृषकहरुले लगाएको खाद्यान, नगदे, तरकारी तथा फलफूलहरुमा लाग्ने गरेको हानीकारक रोग तथा कीराहरुको व्यवस्थापनको लागि कृषि बालीनालीको पकेट क्षेत्रहरुमा स्थलगत निरीक्षण तथा अनुगमन गरी रोग कीराको नमूना ल्याई प्रयोगशालामा परीक्षण गरी प्रयोगशाला निदान सेवा कृषकहरुलाई प्रदान गरेकोछ र यस्तो महत्व कार्यलाई निरन्तरता दिने लक्ष्य लिएकोछ। बालीनालीका विभिन्न पकेट क्षेत्रहरुका कृषकहरुलाई सहभागी गराई स्थलगत रुपमा बाली संरक्षण प्रविधिबारे जानकारी गराउने, तालीम दिने, बाली संरक्षण प्रदर्शन तथा बाली स्वास्थ्य उपचार शिविर संचालन मार्फत बालीनालीमा लाग्ने शत्रु जीवहरुको नियन्त्रण र व्यवस्थापन कार्यमा सहयोग पुर्याउंदै कृषकहरुलाई आफैमा सक्षम बनाउन बिभिन्न किसिमका गतिविधिहरुका साथै बाली संरक्षणसंग सम्बन्धित प्राविधिक प्रकाशनहरु कृषकहरुलाई उपलब्ध गराई कृषकस्तरमा उपयुक्त प्रविधिको जानकारी गराउने कार्य गरिरहेकोछ । प्रयोगशालाले तपशिलका पांच (५) वटा इकाई संचालन मार्फत प्रदेश नं. २ का कृषक, व्यापारी तथा सर्वसाधारण जनतालाई सेवा प्रदान गर्ने लक्ष्य अनुरुप कार्यहरु अगाडी बढाई रहेकोछ ।